भेद
ना. [सं.]
- एक वस्तुभन्दा अर्को वस्तुमा रहने अन्तर; भिन्नता; फरक; विषमता।
- कुनै विषय वा वस्तुको किसिम; प्रकार।
- रहस्यमय कुरा खुलस्त गर्ने काम; गोप्यताभङ्ग।
- एक-अर्कामा हुने विरोध वा फाटो; फुट।
- आन्तरिक कुरो; रहस्य; मर्म; तात्पर्य।
- कुनै विषयवस्तुको अंश वा खण्ड; टुक्रो।
- मन्त्रको जादुगरी; टुनामुना; मोहनी।
- चमत्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)