मण्डल

ना. [सं.]

  1. बाटुलो परिधि; गोल फन्को; घेरा।
  2. सूर्य, चन्द्र वा त्यस्तै चहकिलो वस्तुका वरिपरि देखिने चम्किलो घेरो; बिम्ब; सावा।
  3. वृत्ताकार; परिधि।
  4. समान उद्देश्यका मानिसहरूको जमात; समिति।
  5. ऋग्वेदका खण्डहरूमध्ये कुनै खण्ड।
  6. नगर वा बस्तीको कुनै एक टोल; महल्ला।
  7. राज्यभित्रको कुनै एक सानो भूभाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)