मान्द्रे मेसो
ना.
- मान्द्रो बुन्दाको जस्तो मेसो वा सिलसिला; मान्द्रो बेरिए झैँ भएको रोल वा ताँती।
- राडीका बुनोटको एक मेसो।
- मान्द्रो बेरे झैँ भई लुँडिँदै आएको छाल।
- उपर्युक्त किसिमले; ताँतीका ताँती लागेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)