माया

ना. [सं.]

  1. मोहवश कसैका प्रति हुने हार्दिकतायुक्त अनुराग, प्रेम वा स्नेहको भाव; प्यार; प्रीति; ममता; ममत्व।
  2. कुनै प्रकारको भ्रमपूर्ण, अवास्तविक तथा मिथ्या धारणा वा आभास; धोका; छल; कपट।
  3. कुनै छलपूर्ण काम वा कुरा (जादु-टुना, इन्द्रजाल, चटक आदि)।
  4. वेदान्तका अनुसार सम्पूर्ण सृष्टि र प्रपञ्चको कारण मानिने ईश्वरको अलौकिक तथा अदृश्य शक्ति; लीला।
  5. अविद्या; अज्ञान।
  6. जीवनलाई बन्धनमा राख्ने मोहरूपी शक्ति।
  7. धन; सम्पत्ति; दौलत।
  8. कूटनीति; दाउपेच।
  9. लक्ष्मी; दुर्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)