मासिक
वि. [सं.]
- माससँग सम्बन्धित; मासको; महिनाको।
- प्रत्येक महिनामा हुने; प्रतिमास हुने।
- महिनामा एक पटक निस्कने वा प्रकाशित हुने (पत्रपत्रिका आदि)।
- महिनावारी; तलब।
- मरेको वर्ष दिनसम्म वा बर्खी नफुकुन्जेल प्रतिमास मृत्युतिथिमा गरिने श्राद्ध।
- स्त्रीहरूको मासिक धर्म; रजस्वला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)