मोटो

वि. [प्रा. मुट्ट]

  1. जिउमा धेरै मासु भएको; पुस्टिएको; स्थूलकाय; थसुल्लो।
  2. फैलिएको घेरो वा ठुलो चाङ भएको।
  3. मिहिन नभएको; खस्रो।
  4. धेरै सम्पत्ति भएको; सम्पन्न।
  5. धेरै खाँदिएको; बाक्लो।
  6. गढिलो नभएको; बोधो (बुद्धि, काम इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)