यम

ना. [सं.]

  1. मान्छे मरेपछि पाप र पुण्यको परीक्षा गरी स्वर्ग वा नरकको फल प्रदान गर्ने भनिएका देवता; यमराज; धर्मराज।
  2. सूर्यकी विवाहिता पत्नी संज्ञाका पुत्र; दक्षिणदिशाका स्वामी।
  3. जुम्ल्याहा; यमज।
  4. अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह-यति पाँचवटा तत्त्व पालन गर्नाले पूर्ण हुने अनुशासन।
  5. अष्टाङ्ग योगमध्येको पहिलो योग।
  6. गति।
  7. सद्गति; मृत्यु।
  8. आयतनको हिसाबबाट आठौँ ग्रह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)