यसो

क्रि.वि. [यस+ओ]

  1. यस किसिमले; यसरी। (उदा.- यसो नचल भनेको उसले मानेन)।
  2. यता। (उदा.- त्यस खोलादेखि यसो मेरो हक छ।)
  3. खरखरी; कामचलाउ किसिमले। (उदा.-मैले उसलाई चिनेको छैन, यसो बाटामा देखेको मात्रै हुँ।)।
  4. यस्तो। (उदा.- यसो नभन्।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)