यार्चागुम्बा/यार्चागुम्बु
ना. [तिब्ब.]
- शिरतिरको अङ्ग झार झैँ र पाउतिरको अङ्ग किराको झैँ हुने एक हिमाली वा तिब्बती डुलन्ते झार; तागतको औषधीका रूपमा व्यवहार गरिने त्यसैको सुकुटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)