युग
ना. [सं.]
- जुनसुकै दुईवटा वस्तुको समूह; जोडा; युग्म।
- लोकसंस्कारअनुसार बाह्र वर्षको समयावधि।
- रथ, हलो, गाडी आदिमा नारिने गोरुका काँधमा लगाइने जुवा।
- पौराणिक कालविभाजनअनुसार सत्य, त्रेता, द्वापर र कलिमध्ये कुनै एक।
- समय; बेलाबखत; जमाना।
- इतिहासमा कुनै महत्त्वपूर्ण घटना, कार्य, व्यक्ति आदिद्वारा प्रभावित एवं संज्ञित कालावधि (जस्तै- पौराणिक युग, पाषाणयुग, शाहयुग इ.)।
- वास्तु तथा मूर्तिकलामा चार इन्च बराबरको नापो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)