रङ्गमहल
ना.
- राजामहाराजाका दरबार; राजप्रासाद; राजदरबार।
- भोगविलास र मोजमज्जा गर्ने घर; विलासको व्यवस्था मिलाएको भवन।
- अन्तपुर; दरबारका चौगिर्दाभित्रको ठाउँ।
- रङ्गशाला; रङ्गगृह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)