राफसाफ

ना. [अ. रफ्स (हटाएको)+अ. साप]

  1. सबै पूरा हुने वा टुङ्गिने काम।
  2. हिसाब आदिको फर्छ्यौट वा चुक्ताचुक्ती।
  3. सुग्घरसफाइ।
  4. समस्याको समाधान; निराकरण।
  5. सफा; सुग्घर।
  6. झन्जट नरहेको; झमेला हटाइएको।
  7. समस्या समाधान भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)