रुरु क्षेत्र

ना.

  1. पाल्पा र गुल्मी जिल्लाको दोसाँधमा कालीगण्डकीको किनारमा पर्ने, माघे सङ्क्रान्तिमा र कात्तिक एकादशीदेखि पूर्णिमासम्म ठुलो मेला लाग्ने, हृषीकेशको मूर्ति भएको एक तीर्थस्थल। (यो मूर्ति पाल्पाली राजा मुकुन्दसेनले कालीगण्डकीमा स्नान गर्दा भेट्टाएर स्थापित गरेका हुन् भन्ने जनश्रुति छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)