लक्षणा

ना. [सं.]

  1. साहित्यमा सामान्य अर्थदेखि भिन्न सम्बन्ध वा अभिप्रायलाई लिई अर्को अर्थ प्रकट गर्ने शब्दको शक्ति; अभिधेयार्थमा बाधा परेमा रूढि वा प्रयोजनका आधारमा अर्थ प्रतीत गराउने शब्दशक्ति; शब्दशक्तिका तीन भेद-अभिधा, लक्षणा र व्यञ्जनामध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)