लय
ना. [सं.]
- एक वस्तु अर्का वस्तुमा चिन्न र छुट्ट्याउन नसकिने किसिमले मिलेको अवस्था; मिलान; विलय।
- गहन एकाग्रता; मनको लीनता; तल्लीनता।
- सृष्टिको अन्तमा हुने महानाश; विनाश; विघटन; प्रलय।
- प्रच्छन्नता; अदृश्यता; अदर्शन।
- सङ्गीतमा स्वरको आरोह र अवरोहको विशेष तीन क्रम (विलम्बित, मध्य र प्लुत)।
- विश्रामस्थल; आवास; निवास।
- आलिङ्गन।
- आराम।
- कुनै काम जान्नका लागि चाहिने तन्मयता; लयो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)