लर्‍याङतर्‍याङ/लर्‍याङबर्‍याङ/लर्‍याङमर्‍याङ/लर्‍याङलुरुङ

क्रि.वि. [लर्‍याङ्+अ (द्वि.)]

  1. जसोतसो गरी काममा सुस्ती ल्याउने चालसित; अल्याङमल्याङ।
  2. रोग वा कमजोरीका कारणले सुस्तरी काम गर्ने वा हिँड्ने गरी।
  3. लापरबाही वा उपेक्षापूर्वक कामकुरो गर्ने गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)