लाग्नु
अ.क्रि. [सं. लग्+नु]
- कुनै काममा तनमन दिएर लागिपर्नु; प्रवृत्त हुनु; कामकुरामा तल्लीन हुनु।
- कामकुरो गर्न सुरु गर्नु; प्रारम्भ गर्नु; थाल्नु।
- कुनै काम हुन खोज्नु; आँट्नु।
- लेसाइलो पदार्थ टाँसिनु; जोडिनु।
- हातलागी हुनु; मिल्नु; पाउनु (जस्तो-हात लाग्नु)।
- ठोकिनु; बज्नु।
- सार गर्नु।
- बन्द हुनु; थुनिनु।
- पोतिनु; लिपिनु।
- रङ्गरोगन वा पालिस बस्नु।
- भूतप्रेत आदिले पक्रनु; लगानमा पर्नु।
- नाता पर्नु; साइनो पर्नु।
- अनुभव हुनु; मनमा हो भन्ने पर्नु।
- लट्ठ पर्नु; लट्ठिनु।
- अर्थबोध हुनु; माने वा मतलब खुल्नु।
- दोष, बात आदि आइपर्नु; आरोप लाग्नु (जस्तो बात लाग्नु)।
- गणितमा ठिकठिकसँग भाग जानु।
- अडकल, जुक्ति, बुद्धि आदि मिल्नु।
- लत, बानी आदि बस्नु।
- पालुवा, फूल, फल आदि पैदा हुनु; उम्रनु।
- खर्च, भाडा आदि पर्नु।
- पक्ष लिनु; ओड गर्नु।
- खेल, जूवा आदिमा बारम्बार उही दाउ आउनु।
- खेदो गर्नु; पछ्याउनु।
- दृष्टिदोष हुनु; कुदृष्टि पर्नु।
- उपयोग वा व्यवहारमा आउनु; काममा प्रयुक्त हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)