लीला

ना. [सं.]

  1. चित्तको उमङ्गका साथ मनोरञ्जनका निम्ति गरिने खेल वा क्रीडा; विनोद।
  2. विलास; विहार; रतिक्रीडा; केलि।
  3. देवताको चरित्र।
  4. देवदेवीका अवतारका चरित्र आदिको अभिनय।
  5. छद्मवेश; ढोँग।
  6. प्रेमले उन्मत्त भएर रूप, वेश, आभूषण, वचन आदिले नायिकाद्वारा गरिने नायकको अनुकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)