लुँडिनु

अ.क्रि. [लुँडो+इ+नु]

  1. लुँडीजस्तो हुनु; लुँडो लागेर आउनु।
  2. बटुलिनु; गुजुल्टिनु; सोहोरिएर आउनु।
  3. बटारिनु; बाटिनु; बेरिनु
  4. बालीनाली राम्रो सप्रेर आउनु।
  5. नदी वा समुद्रको पानी अचानक बढेर आउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)