वर
ना. [सं.]
- देवता,गुरुजन आदिसँग मागिने र उनीहरू प्रसन्न भएर दिने फल वा मनोरथसिद्धिको आशिष।
- कन्यासँग विवाह गर्न पक्का भएको केटो; दुलहा; बेहुलो।
- शब्दका पछाडि गाँसिएर श्रेष्ठताको भाव बुझाउने शब्द (जस्तै- गुरुवर, कविवर, प्रियवर, मान्यवर इ.)।
- उत्तम; श्रेष्ठ; गतिलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)