वारेन्ट

ना. [अङ्]

  1. कुनै अपराधीलाई पक्रन सम्बन्धित अड्डा वा कार्यालयबाट मातहतका कर्मचारीलाई सुम्पिएको अधिकारपत्र।
  2. कुनै अपराधीका नाउँमा फौजदारी अड्डाबाट जारी गरिएको पक्राउपुर्जी; एक किसिमको समाह्वान वा समन।
  3. कुनै व्यक्तिलाई तोकिएको रकम भुक्तान गर्न रुपियाँ झिक्नेबाट गरिएको आदेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)