वार्त्तिक
ना. [सं.]
- कुनै विषयवस्तुको उक्त, अनुक्त र दुरुक्तबारे अर्थ स्पष्ट गर्ने भाष्य वा पूरक शास्त्र। (पाणिनिको 'अष्टाध्यायी' व्याकरणमाथि कात्यायनले वार्तिक-ग्रन्थको रचना गरेका हुन्)।
- खेती गर्ने व्यक्ति; किसान।
- व्यापारी; बनियाँ।
- जासुस।
- वार्त्तासम्बन्धी; खेती वा उद्योगसँग सम्बन्धित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)