वार

ना. [सं.]

  1. प्रवेश गर्न नपाउने गरी लगाइएको रोक; रोकावट; प्रतिबन्ध।
  2. भवन वा हाताको भित्र-बाहिर गर्दा उघारिने र लगाइने खापा; द्वार।
  3. ढक्कन; बिर्को।
  4. सप्ताहका दिनका नामको अन्तमा लाग्ने कालावधिक सूचक शब्द। (जस्तो-आदित्यवार, सोमवार आदि); दिन; दिवस।
  5. अवसर; मौका।
  6. आफू रहेतर्फका नदीको किनार; वल्लो किनार; वारि।
  7. पटक;पल्ट; चोटि।
  8. रास; थुप्रो; समुदाय।
  9. शिव; महादेव।
  10. मदिराको भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)