वाह

वि. [सं.]

  1. शब्दको पछाडि जोडिएर बोक्ने, लैजाने, ओसार्ने आदि अर्थ बुझाउने पद। (जस्तो- वारिवाह, जलवाह आदि)।
  2. परिआएको बखत डोली, भारी आदि बोक्ने एक प्रकारको रकम।
  3. लैजाने काम; ओसार्ने काम।
  4. बोक्ने साधन; ओसार्ने वस्तु; यान।
  5. मानिसलाई बोकी ओसार्ने हात्ती, घोडा, गोरु आदि पशु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)