विज्ञापन

ना. [सं.]

  1. सरकारी वा गैरसरकारी स्तरमा सेवाआयोगका माध्यमले वा अन्य रूपमा कुनै कामकुरा, सेवाप्रवेश वा पदपूर्तिका निम्ति आवेदनपत्रको आह्वान आदि गर्न सर्वसाधारण जनतालाई जानकारी हुने गरी प्रचार गरिएको विशेष सूचना।
  2. बताउने काम; जनाउ दिने काम।
  3. विक्रीयोग्य मालहरूको प्रचारप्रसारका लागि रेडियो; अखबार आदिबाट दिइने जानकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)