विमोचन
ना. [सं.]
- बन्धनबाट छुटकारा पाउने काम; रिहाई।
- हटाउने काम; अपसारण।
- बाहिर पठाउने काम; निकाल्ने काम।
- पुस्तक वा अन्य कुनै कृतिको प्रथम प्रकाशन हुँदा विधिपूर्वक गरिने अनावरण; लोकार्पण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)