वियोगिनी

ना. [सं.]

  1. प्रेमीको बिछोडले छटपटाएकी नायिका; विरहिणी।
  2. वियोगीको स्त्रीरूप।
  3. विषम पाउमा क्रमशः दुई सगण, एक जगण र अन्तमा गुरु हुने, सम पाउमा क्रमशः सगण, भगण, रगण र लघु एवं गुरु हुने एक वार्णिक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)