विरेचन

ना. [सं.]

  1. पेटको कसरमसर फ्याँक्ने गरी दिसा लगाउने काम; जुलाफ।
  2. दिसा लगाएर पेट सफा गराउने औषधी।
  3. दुःखान्त नाटकबाट पाठक वा दर्शकलाई करुणा र त्रास पैदा गराई मनको शुद्धीकरण गर्ने नाट्यप्रभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)