विलम्ब शुल्क
ना.
- बुझाउनुपर्ने शुल्क, रकम वा दैदस्तुर तोकिएको समयमा नबुझाई बढी विलम्ब गरेमा लाग्ने शुल्क वा अतिरिक्त रकम; शिक्षणसंस्था आदिको शुल्क समयमा नबुझाएमा लिइने जरिमाना; ढिलाइ जरिमाना।
- वाहन, जहाज आदि तोकेको समयभन्दा बढी अड्याएमा लाग्ने दण्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)