विश्रान्ति

ना. [सं.]

  1. थालेको काम सकेर वा नसक्दै थकाइ मार्ने वा सुस्ताउने क्रिया।
  2. रोग आदिबाट भएको कमजोरीलाई मेटाउन र स्वास्थ्यलाभ गर्न आराम लिने क्रिया।
  3. नोकरी आदिबाट अवकाश पाइसकेपछि बुढेसकालमा आराम लिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)