विसर्जन
ना. [सं.]
- पूजाआजा गर्दा आह्वान गरिएका देवताहरूलाई बिदा दिने काम।
- कुनै अनुष्ठान, कामकुरा, सभा-सम्मेलन आदिको कार्यक्रम समाप्त गर्ने वा टुङ्ग्याउने काम।
- दिसापिसाब गर्ने काम; मलमूत्रको त्याग।
- कुनै कुरा छोड्ने काम; परित्याग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)