व्यभिचारीभाव
ना.
- स्थायी भावका सहकारी रूपमा वर्तमान रहने र अनेक रसमा व्यभिचरण वा सञ्चरण गरी रसनिष्पत्ति गराउन सहायक हुने, साहित्यमा प्रचलित एक भाव; सञ्चारी भाव वा सहचारी भाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)