व्याघात
ना. [सं.]
- ठुलो चोट; आघात।
- बाधा; विघ्न।
- दुइटा कुरो वा भनाइमा रहेको पारस्परिक विरोध; कुरा बाझिएको स्थिति।
- ज्योतिषका आयुष्मान् आदि योगमध्ये एक अशुभ योग।
- कुनै उपायद्वारा सिद्ध गरिएको वस्तुलाई त्यसै उपायले विपरीत सिद्ध गर्दा हुने एक अर्थालङ्कार।
- बिग्रने वा नासिने काम।
- खण्डन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)