शरण

ना. [सं.]

  1. कठिन वा दुःखद अवस्थामा कसैबाट रक्षित हुने तथा कसैको आधार लिन पाउने काम; आड लिएर गरिने रक्षा; आश्रय (उदा.- मेरो आज शरण् पर्‍यो भनि दया आयो उ काग्मा पनि। - भानुभक्तीय रामायण। शरणको मरण गर्नुहुँदैन। - उखान)।
  2. कसैको पछाडि लाग्ने काम; पिछा; आत्मसमर्पण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)