शिवलिङ्गी
ना.
- पन्जाकार तथा कुनाकुना परेका पात हुने, लहरा वा पातका टुप्पामा धागाका छाँटका त्यान्द्रा देखिने, साना पहेँल्छ्या फूल फुल्ने, फर्सीको जस्तो एक जातको लहरो; त्यसै लहरामा फल्ने काँचोमा हरियोसेतो धर्से र पाकेपछि रातो हुने गोल फल वा गेडाभित्र शिवलिङ्गका आकारको नाइटो हुने बिउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)