शृङ्ग
ना. [सं.]
- सिङ।
- टाकुरो वा चुचुरो (जस्तो-पर्वतशृङ्ग)।
- कुनै ठाडो वस्तुको अगिल्लो वा उपल्लो चुच्चो भाग (घरको धुरी, मन्दिरको गजुर, खुँडे जुनको चोसो वा कुनु; स्तनको टुप्पो इ.)।
- फुकेर बजाइने नरसिङ्गा वा भैँसी आदिका सिङको बाजा।
- पानीको सिर्को; फोहरा; पचका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)