शृङ्गार
ना. [सं.]
- शरीर वा कुनै वस्तुलाई राम्रो र आकर्षक पार्न सजाउनेसिँगार्ने काम; सजावट।
- शारीरिक शोभा बढाउन कोरीबाटी गरी लुगा, सिँदुर, गाजल, लिपिस्टिक आदि लाउने काम; सिँगारपटार।
- शोभा बढाउने वस्तु; सिँगार गर्ने साधन।
- काव्यमा वर्णित नौ प्रकारका रसमध्ये पहिलो र रति स्थायी भाव, नायकनायिका आलम्बनविभाव आदि हुने एक रस। (यो संयोग शृङ्गार र विप्रलम्भ शृङ्गार दुई किसिमको हुन्छ)।
- सम्भोगको इच्छा; रसिकता; प्रेम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)