सँभाल्नु

स.क्रि. [प्रा. संहल+नु]

  1. छरिन, भत्किन, बिग्रन आदिबाट बचाउनु; सम्भार पुर्‍याउनु; सुरक्षा गर्नु; स्याहार गर्नु; समाल्नु; समार्नु।
  2. जोगाएर वा बचाएर राख्नु; बचाउनु।
  3. भरणपोषण वा पालनपोषण गर्नु; पाल्नु।
  4. हेरचाह गर्नु; रेखदेख गर्नु।
  5. कुसङ्गत वा खराब लतमा परेर बिग्रन लागेकालाई नियन्त्रित गर्नु।
  6. महत्त्वपूर्ण कार्यको भार बोक्नु; उत्तरदायित्व वहन गर्नु।
  7. भीर, अक्कर आदि ठाउँबाट खस्न वा लड्न लागेकालाई बचाउनु।
  8. कुनै कामकुराको प्रबन्ध मिलाउनु; व्यवस्थाको चाँजोपाँजो गर्नु।
  9. घरगृहस्थीको काम वा सभा, संस्था आदिको राम्रो सञ्चालन गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)