संयम

ना. [सं.]

  1. दबाउने वा रोकेर राख्ने क्रिया वा भाव; वशमा राख्ने काम।
  2. नैतिक वा धार्मिक दृष्टिले मनलाई विषय वासनासम्बन्धी अनुचित वा हानिकारक मार्गमा प्रवृत्त हुनुबाट रोक्ने काम; इन्द्रियनिग्रह।
  3. स्वास्थ्यको दृष्टिमा हानिकारक वस्तुको सेवन गर्नुबाट बचाउने काम; परहेज।
  4. व्यावहारिक दृष्टिले आफूलाई अनुचित काममा प्रवृत्त हुनुबाट बचाउने काम।
  5. क्रोध, घमन्ड आदि आउन नदिने काम; शान्त भएको अवस्था वा स्थिति।
  6. बन्धन।
  7. योगक्रियामा ध्यान, धारणा र समाधिको साधन।
  8. उद्योग; प्रयत्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)