संयोजक

वि. [सं.]

  1. दुई वा दुईभन्दा बढी विषय वा वस्तुलाई मिलाउने; विभिन्न वस्तु वा तत्त्वलाई एकसाथ पार्ने।
  2. व्याकरणका शब्द वा वाक्यलाई जोड्ने (अव्यय, जस्तै- र, तर, कि, वा आदि)।
  3. कुनै सभा, गोष्ठी आदि कार्यक्रमको आयोजना गर्ने; आयोजक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)