संस्थापन/संस्थापना
ना. [सं.]
- राम्ररी स्थापित गर्ने वा बसाउने काम; नडगमगाउने हिसाबले राख्ने काम।
- उद्योगयन्त्र आदिलाई आवश्यक ठाउँमा गरिने जडान।
- कुनै नयाँ कार्य, विषय, परम्परा, मूल्य आदि कायम गर्ने वा तिनलाई नयाँ रूपमा परिणत गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)