संहिता

ना.

  1. संहित हुनाको भाव वा अवस्था; संयोग; मेल।
  2. व्याकरणमा अक्षरहरूमा हुने पारस्परिक सन्धि।
  3. निश्चित रूपमा चलेको वा क्रमबद्ध रूपमा एकत्रित गरी मिलाइएको आचार, नियम, विधि आदिको सङ्कलन वा तत्सम्बन्धी विधिव्यवहार (जस्तो- धर्मसंहिता, आचारसंहिता, दण्डसंहिता आदि)।
  4. गद्यलेख आदिको क्रमबद्ध सङ्ग्रह, सङ्कलन।
  5. मन्त्रद्रष्टा ऋषिहरूद्वारा लोकहितका निम्ति सङ्कलन भएका उपासना, ज्ञान, यज्ञविधि, आशीर्वादात्मक सूक्त आदिसित सम्बन्धित (वेदको ब्राह्मणभागदेखि भिन्न) मन्त्र वा प्रार्थनाको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)