सन्न्यास
ना. [सं.]
- सांसारिक विषयबाट विरक्त भई निष्काम अवस्थामा रहने एक आश्रम (हिन्दुका चार आश्रममध्ये एक)।
- सांसारिक विषयभोग वा प्रपञ्चबाट विरक्त भई लिइने एक धर्म; योगधर्म; वैराग्य।
- स्वेच्छाले कुनै कुरा छोड्ने, त्याग्ने वा त्यसबाट बेग्लै रहने काम; परित्याग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)