सरल
वि. [सं.]
- सिधा रूपमा रहेको; बाङ्गोटिङ्गो नभएको; सोझो।
- छलकपट नभएको; सिधा।
- धेरै परिश्रम नगरीकन पूरा गर्न सकिने; सजिलो; सुगम।
- सल्लो।
- विभिन्न राशिलाई चिह्नअनुसार भाग, गुणन, जोड र घटाउ गरेर सकभर सानो रूपमा परिणत गरिने वा उत्तर निकालिने गणितको एक प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)