सल्लो
ना. [सं. सल्लकी]
- झुप्पा परेको चमरको आकारको सिन्काजस्तो पात हुने, ठुलठुला खस्रा फल फल्ने, पहेँला फूल फुल्ने, खोटो निस्कने, चुरोलाई चिरेर दियालो बनाउन सकिने एक जातको अग्लो वृक्ष; एक जातको देवदारु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)