सवाल
ना. [फा.]
- कसैसँग कुनै कुरा सोधपुछ गर्ने काम; सोधाइ; प्रश्न।
- सजिलै समाधान गर्न नसकिने अप्ठ्यारो विषय; समस्या।
- अड्डाअदालतको कार्य सुचारु रूपले सञ्चालन होस् भन्नाका लागि सम्बन्धित ऐनकानुनअन्तर्गत बनेको नियम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)