साटसुट

ना. [(द्वि.) सुट्+अ]

  1. सम्बन्धित व्यक्तिले बाहेक अरूले थाहा नपाऊन् भनी गुप्त किसिमले झटपट गरिने काम।
  2. अरूलाई थाहा नदिई सुटुक्क लिनेदिने काम।
  3. गुप्त किसिमको कुराकानी।
  4. गुप्त तवरले; चालै नपाई; सुटुक्क; लुकीछिपी।
  5. छिटछिटो काम टुङ्ग्याउने चालमा; झटपट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)