सादृश्य
ना. [सं.]
- रूप,गुण आदिका दृष्टिले देखिने एकरूपता; समानता; तुल्यता।
- तुलना; दाँजो; बराबरी।
- कुनै प्रयोगलाई देखेर त्यसको सादृश्यमा अन्यत्र पनि त्यस्तै प्रयोग गर्ने भाषावैज्ञानिक प्रक्रिया (जस्तो- बस्छे > बस्+छे का सादृश्यले छ > छ्+अ जस्ता प्रयोग पनि छे बन्नु अर्थात् बहिनी छे बनाउनु आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)