साधना

ना. [सं.]

  1. लामो समयसम्म कष्ट सही मनलाई एकाग्र राखेर कुनै सिद्धि वा सफलताको प्राप्तिका लागि गरिने योग, काम वा प्रयत्न।
  2. अभीष्ट फलप्राप्तिका लागि नियमपूर्वक गरिने देवादिको उपासना वा आराधना; अनुष्ठान।
  3. सफलता, दक्षता वा पूर्णताको प्राप्तिका लागि कुनै काम बारबार गर्ने क्रिया; अभ्यास; रफत।
  4. भूतप्रेत आदिलाई मन्त्रादिद्वारा वशमा पार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)