सिकार
ना. [अ. शिकार]
- मनोविनोदका निम्ति तथा मासु खान वा दुर्लभ वस्तु प्राप्त गर्न वन्यजन्तु र पक्षीलाई लखेट्ने, समाउने गर्नुका साथै बन्दुक, गोली आदिले हिर्काई मार्ने काम; आखेट; ऐरो; मृगया।
- त्यसरी समातिएको वा मारिएको पशुपन्छी।
- खाने मासु।
- अरूको जालमा अल्झेको वा त्यसबाट दुःखी भएको मानिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)